पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा वर्षाको मृत्यु

पाेखरा | भदौ ११, २०८०

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा वर्षाको मृत्यु Photo: A.R. Paudel

पोखरा:   पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ । 


ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

 

 

पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् । 


ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्